अस्ट्रेलियामा स्ट्याण्डअप कमेडी शो, सन्दिपको प्रस्तुतिसंगै डिजे सेसन

अस्ट्रेलियामा स्ट्याण्डअप कमेडी शो, सन्दिपको प्रस्तुतिसंगै डिजे सेसन

sandip

आशिष पुरी। चाडपर्वमा घर फर्कन नपाएर न्यास्रो मानिरहेका अष्ट्रेलियावासी नेपालीले सांगितिक कार्यक्रमका साथै स्ट्याण्डअप कमेडीको भरपूर मज्जा लिन पाउने भएका छन्।

आगामी नोभेम्बर ५ र ६ तारिखका दिन ८८४८ इभेन्ट कम्पनीले आयोजना गर्न लागेको सांगितिक कार्यक्रमका लागि नेपालका ख्याति प्राप्त कलाकारले प्रस्तुति दिने भएका हुन्।

आयोजकका अनुसार उक्त सांगितिक कार्यक्रम नोभेम्बर ५ मा ‘सिड्नी’ र नोभेम्बर ६ मा ‘इस्ट हेरिस पार्क’मा सम्पन्न हुनेछ। जसमा कलाकार सन्दिप क्षेत्री ,सुजन जिम्बा, भि -डिजे ओम लामा र विवेक गुरुङ लगायतका कलाकारले प्रस्तुति दिनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ