पोखरा । वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौट प्रतियोगितामा नवलपुर लिगको शिर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पुरा जित निकाल्दै ६ अंक सहित शिर्षस्थान कायम गरेको हो । मंगलबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा कास्कीले स्याङजामाथि १ सय ७५ रनको जित निकाल्दै ४ अंक सहित दोश्रो स्थान कायम गर्यो ।
प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा भएको खेलमा कास्कीले पहिला व्याटिङ गर्दै पुरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८३ रनको विशाल योगफल तयार पार्यो । कास्कीको तर्फबाट अर्जुन कुमालले ७५, शोहिल कुँवरले ६७ तथा सिब्रिन श्रेष्ठले ६४ रन बनाए । स्याङजाका बलहरु संयोग बस्यालले ३ र बिमल कँडेलले २ विकेट लिए ।
स्याङजाको पारी ३३.३ ओभरमा १ सय ८ रनमा समेटिदा कास्कीका बलरहरु म्यान अफ द म्याच सुवास भण्डारीले ५ र सिब्रिन श्रेष्ठले २ विकेट लिए । स्याङजाका कृष्ण खड्काले २५ र करण पँगेनीले १५ रन जोडे । प्रतियोगिताभर कुल ९ विकेट सहित ५१ रन जोेडेका कास्कीका सुवास भण्डारी सर्वोत्कृष्ट बलर, ३ म्याचमा १ सय ६० रन बनाएका कास्कीकै शोहिल कुँवर उत्कृष्ट व्याट्स्म्यान तथा दिपक डुम्रे सर्वोत्कृष्ट खेलाडी भए ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य सचिव घनश्याम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, प्याप्सनका सल्लाहकार डोलराज पाण्डे लगायतले आयोजक संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले पुरस्कार वितरण गरे ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु