स्याङ्जामा एक घरमा आगलागी हुँदा ३ जना घाइते

स्याङ्जामा एक घरमा आगलागी हुँदा ३ जना घाइते

Aagalagi

स्याङ्जा । स्याङ्जाको वालिङमा एक घरमा आगलागी हुँदा तीन जना घाइते भएका छन् ।

वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको हो ।

आगलागीमा परि २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ घाइते भएका छन् ।

घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा करिब २० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

वालिङको वडा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ