कास्की २ मा एमालेकी भट्टराई फराकिलो मतान्तरका साथ विजयी

कास्की २ मा एमालेकी भट्टराई फराकिलो मतान्तरका साथ विजयी

bidya bhattarai

कास्की । मतगणनाको शुरुवाती अग्रतामा राष्ट्रिय स्वतन्त्र देखिएपनि एमालेकी विद्या भट्टराई फराकिलो मतान्तरले विजयी भएकी छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ कि उम्मेदवार भट्टराई ४ हजार ५०३ मतान्तरका साथ विजयी भएकी हुन्।

भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत प्राप्त गरे।
यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार छ सय ५९ मत पाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ