स्याङ्जा १ (२) मा एमालेका सुधीर ६ मतले विजयी

स्याङ्जा १ (२) मा एमालेका सुधीर ६ मतले विजयी

sudhir

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ (२) मा नेकपा (एमाले) का सुधीर पौडेल विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धिबहादुर रानालाई ६ मतले हराउँदै विजयी भएका हुन् ।

सुधीरले १७ हजार ४ सय ४१ मत ल्याउँदा रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरे।

राप्रपाकी शान्तिकुमारी हमालले १ हजार ५७४ मत पाएकी छन्।

सांसदमा निर्वाचित सुधिर यसअघि आँधिखोला गाउँपालिका अध्यक्ष थिए।

स्याङ्जा १ (१) बाट नेकपा एमालेकै सीताकुमारी सुन्दास निर्वाचित भइसकेकी छन् ।

स्याङ्जा २ को मतगणना भने सुरु हुन सकेको छैन । कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका पुनः मतदानको माग गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ