पोखरा । पोखरा ८ को यूनाइटेड पोखरा क्लवको आयोजनामा आज (शुक्रबार) देखि पोखराको नदीपुर स्थित छन्त्याल समाजको भलिवल ट्रेनिङ सेन्टरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । यही मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राष्ट्रिय भलिवल रेफ्रि गणेश घिमिरेलाई बल हस्तान्तरण गरी गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री बरालले युवा शक्तिले शिक्षाको साथमा खेलकुद र राजनीति तर्फ समेत चासो दिन आवश्यक भएको बताए । देशको बागडोर सम्हाल्ने राजनीतिलाई युवा शक्तिले राम्रोसंग नबुझ्दा देशमा दुर्घटना हुन सक्ने उनको भनाई थियो ।
क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रतियोगिता संयोजक अमृत आचार्य, सचिव शरनसिंह विश्वकर्मा लगायतले बोलेका थिए ।

शुक्रबार भएको महिला तर्फको उद्घाटन खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले भकुण्डेको शान्त माविलाई पराजित गर्यो । त्यसै गरी शुक्रबार भएको अर्को खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरालाई लामाचौर रातो समुहले पराजित गर्यो । त्यसै गरी महिला तर्फको शुक्रबार भएको अर्को खेलमा अर्चलवोट भलिवल टे«निङ सेन्टरले लामाचौर सेतो समुहलाई पराजित गर्यो ।
शुक्रबार पुरुष तर्फको भलिवल खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले अन्नपूर्ण भलिबल संघ, घान्द्रुकलाई पराजित गर्यो ।
शनिबार पनि लिग चरणका खेलहरु हुने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा पुरुष तर्फ विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ६६ हजार ६ सय ६६ त्यसै गरी महिला तर्फ विजेताले ४४ हजार ४ सय ४४, उपविजेतालाई ३० हजार ३० रुपैयाको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । महिला तथा पुरुष तर्फ ६/६ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य