नदीपुरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु

नदीपुरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु

318284283_510033704430152_7716071227890390460_n

पोखरा । पोखरा ८ को यूनाइटेड पोखरा क्लवको आयोजनामा आज (शुक्रबार) देखि पोखराको नदीपुर स्थित छन्त्याल समाजको भलिवल ट्रेनिङ सेन्टरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । यही मंसिर २७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले राष्ट्रिय भलिवल रेफ्रि गणेश घिमिरेलाई बल हस्तान्तरण गरी गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री बरालले युवा शक्तिले शिक्षाको साथमा खेलकुद र राजनीति तर्फ समेत चासो दिन आवश्यक भएको बताए । देशको बागडोर सम्हाल्ने राजनीतिलाई युवा शक्तिले राम्रोसंग नबुझ्दा देशमा दुर्घटना हुन सक्ने उनको भनाई थियो ।

क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रतियोगिता संयोजक अमृत आचार्य, सचिव शरनसिंह विश्वकर्मा लगायतले बोलेका थिए ।

शुक्रबार भएको महिला तर्फको उद्घाटन खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले भकुण्डेको शान्त माविलाई पराजित गर्यो । त्यसै गरी शुक्रबार भएको अर्को खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरालाई लामाचौर रातो समुहले पराजित गर्यो । त्यसै गरी महिला तर्फको शुक्रबार भएको अर्को खेलमा अर्चलवोट भलिवल टे«निङ सेन्टरले लामाचौर सेतो समुहलाई पराजित गर्यो ।

शुक्रबार पुरुष तर्फको भलिवल खेलमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले अन्नपूर्ण भलिबल संघ, घान्द्रुकलाई पराजित गर्यो ।

शनिबार पनि लिग चरणका खेलहरु हुने अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा पुरुष तर्फ विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ६६ हजार ६ सय ६६ त्यसै गरी महिला तर्फ विजेताले ४४ हजार ४ सय ४४, उपविजेतालाई ३० हजार ३० रुपैयाको साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । महिला तथा पुरुष तर्फ ६/६ टिमको सहभागिता रहेको क्लवले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds