विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

ball

पोखरा । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो। यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो । यसको अर्थ ‘यात्रा’ हो।

एडिडास कम्पनीले हिजो आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो।

नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ। जसबाट बलबारे निर्णय लिन निकै सहज हुने गरेको छ। यस पटकको विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ।

यो बलले खेलाडीको पोजिसनसमेत थाहा पाइने हुनाले भिडियो एनालिस्टलाई पनि सहज हुने गरेको छ। बल भित्र आईएमयू सेन्सर जडान गरिएको छ।

यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन्।

सेमिफाइनलका खेल पर्सि बुधबारदेखि सुरु हुने छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds