धापासी जेसीजको अध्यक्षमा अधिकारी सर्वसम्मत

धापासी जेसीजको अध्यक्षमा अधिकारी सर्वसम्मत

Suraj Adhikari

धापासी जेसीजको वर्ष २०२३ को अध्यक्षमा सुरज अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शाखाको आइतबार सम्पन्न १७ औं अधिवेशनले अध्यक्षमा अधिकारीसहित दुई कार्यकारिणी उपाध्यक्ष र चार उपाध्यक्ष निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले सन् २०२३ को नेतृत्व सम्हाल्दै आफ्नो कार्यकालमा उद्यमशील, परोपकार र परिवर्तनकारी कामहरू गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा जमेका अधिकारी ट्रिटेक स्टिलका सञ्चालकसमेत हुन् ।

धापासी जेसीजको वर्ष २०२२ का अध्यक्ष खेम राज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रबल गौतमले गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाश घिमिरे, शाखाका पूर्व अध्यक्षहरु तथा वर्तमान पदाधिकारीहरूका साथै जेसीज तथा नन जेसीजकोसमेत बाक्लो उपस्थिति रहेको थियो ।

उक्त अधिवेशनमा निर्वाचन आयुक्त अमित आचार्य, निर्वाचन अधिकृत जेसी सन्ध्या रिजाल र उम्मेदवार तालिममा हंगल्पित न्यौपाने रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ