काठमाडौँ । टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।
दक्षिण–पूर्वी टर्कीको गाजियान्टापमा सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकाको जियोलोजिकल सर्भेले जनाएको छ ।
सिरियासँगको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जना नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण आएको त्यहाँका स्थानीय अधिकारीहरूले बताएका छन् ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस गरिएको छ । भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको बताइएको छ ।
शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधिकारीले बताएका छन् ।