टर्की भूकम्प : १ सय ४३ जनाको मृत्यु

टर्की भूकम्प : १ सय ४३ जनाको मृत्यु

Turkey-earthquake

काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या निरन्तर रूपमा बढिरहेको छ ।

अहिलेसम्म सिरियामा ९० र टर्कीमा ५३ गरी १ सय ४३ जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको हो । टर्कीको मलत्या शहरमा २३ जना, सानल्युर्फामा १७ जना, दियारबाकिरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै सिरियामा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जाँदा दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

पहिलो झड्का लगत्तै ६ रेक्टर स्केल भन्दा माथिका थुप्रै पराकम्पको महसुश भएको टर्कीको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जोर्डन, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेको छ ।

यसैबीच, टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ