काठमाडौ। नेपाल इकोनोमिक्स ओलम्पियाडको राष्ट्रिय प्रतियोगिता आगामी फागुन ५, ६ र ७ गते हुने भएको छ।
काठमाडौँको ग्वार्को स्थित काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा आयोजना हुने उक्त प्रतियोगिताका लागि सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र नेपाल इकोनोमिक्स ओलिम्पियाडबीच टाइटल स्पोन्सरको लागि सम्झौता भएको हो ।
राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्नका लागि तयारी लगभग पूरा भएको ओलम्पियाडका पार्टनरसिप निर्देशक दीपक भण्डारीले जानकारी दिए। उनका अनुसार स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२३ संस्करणको प्रमुख प्रायोजकको रूपमा आबद्ध भएको छ।

विद्यार्थीहरू माझ अर्थशास्त्र, व्यवस्थापन तथा वित्तीय साक्षरताको बुझाइ, प्रवर्द्धन सीप तथा ज्ञानको प्रदर्शन तथा यी विषयको गहन अध्ययनलाई प्रोत्साहन गर्न ओलम्पियाडले महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ। सन् २०२० देखि देशभर प्रदेशगत रूपमा प्रतियोगिता गर्दै, उत्कृष्ट ७५ जना सहभागीलाई काठमाडौँ ल्याई राष्ट्रिय प्रतियोगिता गर्दै आइरहेको ओलम्पियाडका व्यवस्थापक अङ्कित सुवेदीले जानकारी दिए।

अर्थशास्त्र तथा व्यवस्थापनका क्षेत्रमा रहेका सिद्धान्तहरू र यस क्षेत्रमा रहेका नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचलित मान्यताहरूलाई नेपालका विद्यार्थीहरू माझ प्रस्तुत गर्नको लागि यस संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ। अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड, अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कप जस्ता ख्यातिप्राप्त अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गराउने आधिकारिक संस्था नेपाल इकोनोमिक्स ओलम्पियाड हो ।
यस वर्ष पनि देशैभरका विभिन्न १६२ शैक्षिक संस्थाहरूबाट विद्यार्थीहरूले क्षेत्रगत प्रतियोगितामा सहभागिता जनाएका थिए। उक्त प्रतियोगिता बाट उत्कृष्ट भएका ७५ जना विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने सुवेदीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने ५ जना विद्यार्थीहरूले नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु