टर्कीमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको मृत्यु

टर्कीमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको मृत्यु

_earthaque-bhukampa

पोखरा । टर्कीमा फेरि ६ दशमलव ४ म्याग्नेच्युडको अर्को भूकम्प गएको छ ।

टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ भने ६ सय बढी घाइते भएका छन् ।

भूकम्पका कारण टर्कीको अन्टाक्या लगायत अन्य क्षेत्रहरुमा थुप्रै घरहरु भत्केका छन् । सयौं भग्नावशेषमा फसेकाहरुको उद्धार कार्य जारी छ । भूकम्पका कारण सिरियामा पनि दजनौं घरहरु भत्केका छन् ।

टर्कीमा गत फेब्रुअरी ६ को भूकम्पपछि ६ हजार भन्दा बढी पराकम्पन रेकर्ड गरिएको छ । बारम्बारको पराकम्पनले भूकम्पपीडितहरु थप मारमा परेका छन् । भूकम्पको धक्का लेवनान र इजिप्टमा पनि महसुस गरिएको छ ।

यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४६ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ