काठमाडौँ । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक इन्धन भण्डारण डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित करिब १७ जनाको मृत्यु भएको छ ।
घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् ।
घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अघिकांश घाइतेहरुको शरीरका विभिन्न भाग जलेको अधिकारीहरुले बताएका छन् ।
शुक्रबार इन्डोनेसियाको राज्य उर्जा कम्पनी पर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा आगलागी भएपछि नजिकै रहेको आवास क्षेत्रमा आगो फैलिएको थियो । आगलागी फैलिन थालेपछि आवास क्षेत्रमा रहेका मानिसलाई तत्काल घर बाहिर निकालिएको थियो ।
पाइपलाइन फुट्दा इन्धन लिक भएर आगलागी भएको हुनसक्ने सुरक्षाकर्मीको प्रारम्भिक अनुमान छ । वर्षासँगै परेको चट्याङका कारण आगो फैलिएको हुन सक्ने अनुमान गरिएको छ । इन्डोनेसिया सरकारले घाइतेको उद्धार र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।