पोखरा । ‘कला र संस्कृतिको जगेर्ना गर्दै सम्पूर्ण पोखरेलीहरुको माझ, स्वच्छ र पारिवारिक वातावरणमा हाम्रो गाउँशहर दोहारी साँझ’ मूल मन्त्रका साथ पोखरामा सञ्चालित गाउँशहर दोहोरी साँझले विविध कार्यक्रमका साथ तेस्रो वार्षिकोत्सव मनाउने भएको छ ।
चिप्लेढुंगाको आरके बिल्डिङमा रहेको उक्त दोहोरी साँझ एण्ड रेष्टुरेन्टले वार्षिकोत्सवको अवसरमा ख्याती प्राप्त कलाकारहरुको विशेष प्रस्तुतिमा श्रष्टा सम्मान एवं विशेष सांस्कृतिक कार्यक्रम गर्न लागेको सञ्चालक दिनेश केसीले जानकारी दिए ।
फागुन २५ देखि २९ गतेसम्म पाँच दिन साँझ ७ बजेदेखि राति १ बजेसम्म नै वार्षिकोत्सव विशेष कार्यक्रम हुने केसीले जनाए । सम्मानित श्रष्टा तथा कलाकारहरुमा चोलेन्द्र पौडेल, घनश्याम रिजाल, राजन कार्की, कृष्ण अखेली, माया गुरुङ, रामजी पौडेल, कृष्ण सुवेदी र तुलसा जिसी रहेका छन् ।
लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नेछन् । दोस्रो दिन पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष जिवन गुरुङ (भीम)को आतिथ्यता रहनेछ ।
दोहोरी साँझमा पुरुष कलाकारहरु सुमन केसी, सरुन गुरुङ, भानु पौडेल, बिमल गायक, मनिष गायक, कमल गायक, किरण अधिकारी, बेलहादुर प्रेम रोक्का मगर र सुवास गुरुङ छन् । महिला कलाकारमा काजल गुरुङ, निकिता गुरुङ, मधु चापागाईं, रितु सुनार, निरा थापा, शोभा परियार, ममता गुरुङ र निशा गुरुङ छन् ।
वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कम्प्लिमेन्ट्रीको व्यवस्था समेत छ । औपचारिक शुभारम्भको अवसरमा र पहिलो, दोस्रो वार्षिकोत्सवमा पनि यो दोहोरी साँझले श्रष्टा सम्मानका साथ साताव्यापी कार्यक्रम गरेको थियो ।
पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझ अघि बढिरहेको छ । यो दोहोरी साँझ आकर्षक रुपमा डेकोरेशन गरिएको छ ।
विदेश तथा स्वदेशमा श्रम गरी आफूलाई व्यवसायीका रुपमा उभ्याइसकेका युवा व्यवसायीहरुले झण्डै सवा करोड लगानी गरी ४ वर्षअघि यो दोहोरी साँझ खोलेका हुन् ।
सञ्चालकहरुमा केसीसँगै चन्द्र बहादुर गुरुङ, शिव गुरुङ, डम्बर गुरुङ, निशान केसी, निकिता गुरुङ, सानु गुरुङ र कृष्ण थापा रहेका छन् । एकैपटक डेढ सय जनालाई सेवा प्रदान गर्न सक्ने क्षमता छ ।



यसअघिका समाचारहरूः
सवा करोड लगानीमा पोखरामै उत्कृष्ट ‘गाउँशहर दोहोरी साँझ’ (तस्विरमा हेर्नुहोस्)
‘गाउँशहर दोहोरी साँझ’ को पहिलो वार्षिकोत्सवमा विविध कार्यक्रम, विशेष कम्प्लिमेन्ट्रीको व्यवस्था
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो