Gandak News
Our News Your Views

जर्मनीको एउटा चर्चमा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं । जर्मनीको एउटा चर्चमा गोली चल्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल लगिएको छ ।

गएराति ह्याम्बर्गमा रहेको जेहोभास विटनेस चर्चमा गोली चलेको हो ।

घटनास्थलमा सुरक्षाकर्मीको विशेष फौज परिचालन गरिएको छ । त्यहाँका नागरिकलाई तत्काल सकेसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ ।

गोली चलाउनुको कारण भने अझै खुल्न सकेको छैन।

लोड हुँदै ...