पोखराका चार पत्रकार पुरस्कृत, पाेखरा पत्रकारिता पुरस्कार सिग्देललाई

पोखराका चार पत्रकार पुरस्कृत, पाेखरा पत्रकारिता पुरस्कार सिग्देललाई

sammann

नेपाल पत्रकार महासङ्घ कास्की शाखाले चार पत्रकारलाई पुरस्कृत गरेको छ । महासङ्घको ६८औँ स्थापना दिवसका अवसर आज पत्रकार नवीन सिग्देल, भुपाल गुरुङ, गौरव त्रिपाठी र दुर्गा रानामगरलाई पुरस्कृत गरिएको हो । यस्तै महासङ्घले लक्ष्मी हाउसलाई संस्थागत सम्मान पनि गरेको छ ।

पोखरा पत्रकारिता सम्मान २०७७ पत्रकार नवीन सिग्देललाई अर्पण गरिएका सचिव माधव बरालले जानकारी दिए । सोही विधाको संस्थागत सम्मान विसं २०७८ लक्ष्मी हाउसलाई दिइएको छ । सो सम्मानको राशि रु ३५ हजार र सम्मान पत्र रहेको छ ।

टङ्कादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ । यो पुरस्कारको राशी रु २० हजार एक सय ११ र सम्मानपत्र रहेको छ । पत्रकार गौरव त्रिपाठी र दुर्गा रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि रु ११ हजार एक सय ११ र सम्मानपत्र छ । पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चारै पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरे ।

प्रदेश प्रमुख गुरुङले स्वतन्त्र पत्रकारिता नहुने ठाउँमा निरंकुशता मौलाउने बताए । राज्य विरोधी काम हुँदा होसियारी गर्ने काम पत्रकारिताको धर्म भएको उनको भनाइ थियो । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही दिशामा लग्ने काम पनि पत्रकारले गर्नुपर्ने उनले बताए । पत्रकारको काम तीललाई पहाड र पहाडलाई तिल बनाउने नभएको बताउँदैै पत्रकारिताभित्रको विकृतिलाई हटाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पत्रकार शोभाकान्त सिग्देलले सम्मानित पत्रकारको चिनारी गराउँदै पुरस्कारको महत्वमाथि प्रकाश पारेका थिए । सम्मानित पत्रकार सिग्देल, गुरुङ, त्रिपाठी र रानाले पुरस्कारले आफूलाई थप जिम्मेवारी र ऊर्जा थपेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ