म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

Chituwa Musekhola Tanahun

म्याग्दी । म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ ।

गएराति बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नं.को मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो ।

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चितुवाको टाउको ठोक्किएको थियो । प्रहरीकाअनुसार करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको छ।

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ