पोखरा । प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया) को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्वारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै सशक्त्त सृजनाको शुभकामना’ उनले भने ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा सशक्त्त विषय भएको बताए । ‘कृति आफैमा सशक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो ।
पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरे । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरियो ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन