सुरज विश्वकर्माको ‘आशाहरु आकाशमा’ सार्वजनिक

सुरज विश्वकर्माको ‘आशाहरु आकाशमा’ सार्वजनिक

348385838_805213604505855_1789957499808121189_n

पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपालीगीत संगीतको क्षेत्रमानिरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै ‘आशाहरु आकाशमा’ गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् ।

उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेतीनदीको खोंचमा भएकाको सुन्दै आँङसिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् ।

‘बिस्तारै बिस्तारै’, ‘तिम्रो मन’, ‘तिमिलाई नै हेरि रहुँ’ र ‘दुइतले फलामको खाटैमा’ जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको उक्तगीतको निर्देशन र संगीत पनि आफ्नै रहेको छ ।

उदयीमान गायिका बबि दियालीको आवाज रहेको उक्त गीतको संगीत संयोजन विनोद रसाईलीले गरेका छन् । पोखरामा नै छायाङ्कन गरिएको भिडियोमा केहि दृश्यहरु जहाज दुर्घटना भएको ठाउँ मै छायाङ्कन गरिएको निर्देशक विश्वकर्माले बताए ।

वैदेशिक रोजगारीको शिलशिलामा मकाउमा रहेका उनले जहाज दुर्घटनाको समयमा आफु विदेशमै भएको र यो दुखद् खबरले आफु स्तब्ध हुदै भावुक भएर ‘आशाहरु आकाशमा’ गीतको रचना गर्न पुगेको वताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds