पोखरा । गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा जन्मिएर स्पेनमा टेनिस खेल्दै आएका विश्व वारियतामा पर्न सफल नेपाली खेलाडी अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन् ।
बास्तोला गण्डकीमा जन्मिएपनि उनले गण्डकीको प्रतिनिधित्व गरेका छैनन् तर विभिन्न राष्ट्रहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । अभिषेक पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दैछन् । प्रदिप गण्डकीकै उत्पादन हुन् । उनले नवौं राष्ट्रिय खेलकुदमा समेत गण्डकीलाई तीन स्वर्ण दिलाएका थिए । यस्तै साफ च्याम्पियनसिपमा समेत नेपाललाई पदक दिलाएका थिए ।
यस्तै महिलातर्फ अभिलाषा विष्ट र माहिका राणा छनोट भएका छन् । एसियन गेममा टेनिस तर्फ पदक आउने प्रवल सम्भावना समेत रहेको छ । एसियन गेमका लागि छनोट हुन पाउँदा निकै खुसी लागेको प्रदिपले बताए । उनले एसिएन खेल्ने आफ्नो सपना पुरा हुने दिन आएको सुनाए । ‘यो मेरो ड्रिम हो । पहिलो पटक खेल्दैछु’ प्रदिपले भने, ‘तीन महिनाको कष्टकर मिहेनतको फल मिलेको छ । अब देशलाई पदक दिलाउन लाग्नेछु ।’ प्रदिपले अभिषेश विदेशमा खेलेर आएकाले आफुले धेरै कुरा सिक्ने मौका पाएको समेत बताए । ‘अभिषेक नेपालको प्रशिक्षण भन्दा फरक प्रशिक्षणबाट आएको खेलाडी हो । यस पटक केहि राम्रो हुने आशा पनि गरेको छु ।’ उनले भने । नेपालले टिम इभेन्ट, मेन्स सिगंल र मेन्स डबल, वुमन सिगंल, वुमन डबल्समा प्रतिस्र्धा गर्नेछन् ।
प्रदीप आफ्नै खर्चमा काठमाण्डौंमा रहेका छन् । ‘खर्च निकै महंगो छ । प्रति घण्टाको दरले रकम दिनुपर्छ ।’ उनले भने । एक खेलकर्मीका अनुसार गण्डकीको खेलाडी जो पदकको सम्भावना बोकेपनि प्रदेश तथा स्थानीय सरकारले केहि नगरेको गुनासो पोखे । उनले प्रदिपजस्ता खेलाडीलाई प्रदेशले लगानी गर्न आवश्यक रहेको समेत सुनाए । ‘प्रदेश सरकारलाई त थाहा पनि छैन होला गण्डकीको खेलाडी एसिएन गेममा छनोट भएको कुरा । प्रदेश सरकारमा त पहुँच हुनेवालाले मात्रै सेवा सुविधा लिन सक्छन् । टिम इभेन्टलाई मात्रै हेर्ने दृष्टिकोण छ’ खेलकर्मीले भने,‘यो खेल पदकको सम्भावना भएको खेल हो । यो पटक त अझ गण्डकीका दुई खेलाडी छन् भलै अभिषेकले प्रदेशको प्रतिनिधित्व गरेर खेलेका छैनन् तर उनको घर गण्डकी नै हो ।’ छनोट भएका खेलाडी अब तीन महिना बन्दसत्रमा रहनेछन् ।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
पोखराका नगरबसको कालो धुवाँ जाँच गरेकामध्ये आधा चलाउनै नमिल्ने गरी फेल
डेलिभरीका लागि अस्पताल हिँडेकी रेनुका, सासु र श्रीमानसहित दुर्घटनामा अस्ताइन्
स्याङ्जामा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ