चलचित्र ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने

चलचित्र ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने

flim-bagan

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बगान’ एकल महिलाले निःशुल्क हेर्न पाउने भएका छन् ।

असार २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र एकल महिलाहरुका लागि निःशुल्क हेर्ने व्यवस्था हुने निर्देशक सरोज खनालले जानकारी दिए ।

बुधबार चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक खनालले सिनेमाको कथावस्तु एकल महिलामा आधारित भएकाले उनीहरूको सम्मानमा निःशुल्क सिनेमा देखाउने निर्णय गरिएको बताए ।

उनका अनुसार चलचित्र हेर्न आउँदा एकल महिलाको परिचय पत्र ल्याउनु पर्ने छ ।

चलचित्रमा करिष्मा मानन्धर, सरोज खनाल, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह र मिथिला शर्मालगायत कलाकारको अभिनय छ । सरोज खनालको लेखन तथा निर्देशन रहेको ‘बगान’ले एकल महिलाको संघर्षको कथा बोल्छ ।

सरोज खनालको डेब्यु निर्देशन ‘बगान’ असार २९ गते रिलिज हुँदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ