पोखरा । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीको अध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका छन् ।
संगठनको शनिबार बिहान सम्पन्न २३ औं जिल्ला सम्मेलनमार्फत पोखरेल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्षसहित सबै कमिटी नै सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवं अनेरास्ववियु केन्द्रीय सचिव आशिर्वाद सुवेदीले जानकारी दिए ।
उपाध्यक्षमा शिव पराजुली र कुशल बराल, सचिवमा विजय भुजेल, सहसचिवमा विवेश ओझा, रमिला पौडेल, अर्कीट पुरी र आशिष बगाले, कोषाध्यक्षमा रवि क्षेत्री निर्वाचित भए । ४१ सदस्यीय कमिटीमा ३० जना सदस्य पनि निर्वाचित भएका छन् । बाँकी २ जना सदस्य संगठनको बैठकले पछि मनोनित गर्ने नवनिर्वाचित उपाध्यक्ष शिव पराजुलीले जानकारी दिए ।
२०७० सालमा भएको २२ औं सम्मेलनले विवेक देवकोटालाई अध्यक्ष चयन गरेको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता भएपछि संगठनको सम्मेलन नियमित हुन सकेन । २०७८ माघमा विवेक देवकोटा नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी कास्कीको भेलाबाट विजय पौडेल नेतृत्वमा अनेरास्ववियु जिल्ला कमिटी आयोजक कमिटी गठन भएको थियो । पौडेलको २ वर्षे कार्यकाल सकिएपछि २०७९ माघमा सन्तोष पोखरेल नेतृत्वमा आयोजक कमिटी गठन भयो । पोखरल अध्यक्ष रहने गरी नयाँ कमिटी बनेसँगै अनेरास्ववियु कास्कीले सम्मेलनमार्फत ८ वर्षपछि नेतृत्व पाएको छ ।
२३ औं सम्मेलनका प्रमुख अतिथि संगठनका केन्द्रीय महासचिव नरेश रोकाया थिए । उनले अब विद्यार्थीले गलत प्रवृत्तिविरुद्ध आन्दोलनसँगै रचनात्मक काम पनि गर्नुपर्ने बताए ।



सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’