मेयर साम्पाङलाई अदालतको जवाफ -‘व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्नू, धरपकड नगर्नू’

मेयर साम्पाङलाई अदालतको जवाफ -‘व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्नू, धरपकड नगर्नू’

harka-sangpang

विराटनगर । धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै धरान उपमहानगरपालिकाका मेयर साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो ।

गत साउन ६ गते साम्पाङले धरान ४ स्थित छोटी मोरङ डाँडामा वृक्षरोपण गरेका थिए । तर साम्पाङले आफूहरुको जग्गामा वृक्षारोपण गरेको र आफूहरुमाथि धरपकड गरेकोभन्दै रोशन अधिकारी र रोजिना अधिकारीले रिट दायर गरेका थिए ।

मेयर साम्पाङ सोमबार पुन: सोही जग्गामा पुगेपछि अधिकारी दम्पतीले त्यसको प्रतिवाद गरेका भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds