पोखरा । पोखराका ४ विद्यालय र काठमाडौ विश्वविद्यालयका विच विद्यालयशनिबार सम्झौता भएको हो ।
कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ बिश्वबिद्धालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र पोखरा ४ विद्यालयका प्रधानाध्यापकहरुका विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सो अवसरमा पोखरा–८, न्युरोडको लक्ष्मी आबासिय माध्यमिक बिद्यालय (एल.ए) का प्रधानाध्यापक डा. विश्व युधिर पौडेल, पोखरा–२६, बुढिबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए) का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अर्यालले सम्युक्त रुपमा हस्ताक्षर गरेका थिए भने काठमाडौं विश्वविद्यालयको तर्फबाट प्रा.डा. लुइटेलले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार काठमाडौ विश्वबिद्यालयको सहकार्यमा यस क्षेत्रको शैक्षिक बिकासमा योगदान पुर्याउने छ भने सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसि) गरिएको पनि थियो ।
अबको शिक्षा ज्ञानमा मात्रै सिमित नभइ सीप सहितको शिक्षा आजको आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एल.ए. का प्रधानाध्यापक डा बिश्व युधिर पौडेलले बताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता रहेकोे थियो ।
सम्बन्धित खबर
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
आन्तरिक श्रोतबाट उपलब्ध सुविधामा अंकुश लगाइएपछि प्राध्यापकहरू आन्दोलित
शान्ति निकेतनमा बधाई तथा सम्मान, ४ जीपीए ल्याउने अनुपम र निश्चललाई जनही १ लाख
एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए
शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए
एसईईमा ३.६ जीपीएभन्दा माथि ल्याउने विद्यार्थी ४८ हजार बढी
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा