पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर विद्यालयस्तरीय छात्र/छात्रा प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका कबड्डी संघको प्राविधिक सहयोग र व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देशीय कर्भड हलमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले विद्यालयबाटै खेलाडी उत्पादन गर्न सक्दा राम्रो हुन्छ भनेर नै विद्यालयस्तरीय प्रतियोगितालाई जोड दिने गरेको बताए । उनले आफूहरुको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत यो पहिलो कार्यक्रम भएको सुनाए ।
महानगर कबड्डी संघका अध्यक्ष सागर भण्डारीले कबड्डी खेलमा चासो बढाउन र खेलाडी उत्पादन गर्न प्रतियोगिता अपरीहार्य रहेको बताए । उनले आफू नेतृत्वको संघले कबड्डी खेलको विकासका लागि सक्दो प्रयास गर्ने धारणा राखे ।
यो प्रतियोगितामा छात्रातर्फ २३ र छात्रतर्फ १७ गरेर ४० टिम सहभागी छन् । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।
प्रतियोगितामा छात्रा र छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १२/१२ हजार रुपैयाँ र ७/७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । दुवै विधामा तृतीय हुने २/२ टोलीले ३५/३५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती