भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्‍याे

भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्‍याे

india_flag

काठमाण्डाै। क्यानडामा भारत सरकारले भिसा सेवा बन्द गरेको छ । क्यानडामा रहेको भारतको भारतीय नियोगले अर्को सूचना नभएसम्मका लागि भिसा सेवा स्थगित गरेको बताएको छ।

भारतीय संचार माध्यमहरूले जनाएअनुसार दुई देशबीच विवाद बढ्दै गएपछि यसअघि नै एक अर्का देशले उच्च कुटनीतिक कर्मचारीलाई देश निकाला गरिसकेका छन् । बीएलएस इन्टरनेशनलले क्यानडामा भारतीयहरूका लागि अनलाइन भिसा आवेदन केन्द्रहरू व्यवस्थापन गर्दछ ।

भारतीय मूलका एक सिख नेताको क्यानडामा गोली हानेर हत्या भएको थियो । क्यानडाका प्रधानमन्त्रीले भारतीय खुफिया एजेन्सीले नै उनको हत्या गरेको आरोप लगाएपछि कुटनीतिक विवाद चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds