पोखरा । देशभर बदली रही आज शुक्रबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहमा मेघ गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।
यस्तै, राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
वैशाख यता विपदमा परेर ९३ जनाले ज्यान गुमाए, २२ बेपत्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा