गत १ माघमा यतिको विमान दुर्घटना भएको स्थल नजिकै सेती नदि खोँचमा खसेका युवकको उद्धार गरिएको छ ।
पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप विश्वकर्मा पोखरा १५ खरबारी स्थित सेती खोँचमा शनिबार राति पौने ८ बजे खसेका थिए । उनको २ घण्टाको प्रयासपछि उद्धार गरिएको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा ७ सदस्यीय टोली र सशस्त्र प्रहरी फलेपाटनबाट डीएसपी सजनलाल श्रेष्ठको कमाण्ड र गण्डकी प्रदेश गणबाट गरी उद्धार टोली २ घण्टा खटिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।
इन्स्पेक्टर श्रेष्ठले करिब ४० मिटर तल खसेका बिकलाई डोरीको सहायताले बाँधेर माथि ल्याइएको जानकारी दिए । घटनाको जानकारी पाए लगत्तै पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँसहितको जनप्रतिनिधि टोली पनि घटनास्थल पुगेको थियो ।
उद्धार गरी एम्बुलेन्समार्फत् बिकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । उनी खतरामुक्त रहेको वडा सदस्य आशिष भण्डारीले गण्डकन्यूजलाई जानकारी दिए ।
घटना विवरणः
सुदीप पर्वतबाट पोखरा घुम्न आएको बुझिएको छ । उनी पोखरा १५ कै ऋषिमार्गमा दाइको घरमा बसेका छन् । घटनाबारे जानकारका अनुसार सुदीप आज बेलुकी लेकसाइड गएका थिए । उनी घर आउन ढिला भएपछि दाइले ढिलो हिँड्नुहुन्न भनेर हप्काएका थिए । त्यसपछि रिसाएर सुदीपले घर छाडे । पछिपछि दाइ गएका थिए । शुक्लेश्वर महादेव मन्दिर प्रांगण पुगेपछि एक्कासी सुदीप सेती खोँचबाट खसेका हुन् ।
यसअघि, विमान दुर्घटना भएको ठाउँ नजिकै धाजा फाँटेको ठाउँबाट पोखरा नागढुंगाकी १२ वर्षीया स्मृति पराजुली खस्न पुगी मृत्यु भएको थियो । गत वैशाख २ गते दिउँसो दुई साथीसहित सीताराम हाउजिङको चौरमा खेलिरहेकोमा स्मृति एक्कासी चौरको खाल्डो (दरार) बाट खसेकी थिइन् ।
२ घण्टापछि अचेत अवस्थामा उद्धार गरिएकी उनको मृत्यु भएको थियो । सेती खोँचमा खसेर वर्षेनीजसो घटना भइरहेका छन् ।
सम्बन्धित समाचारः
सेती खोँच नजिक भ्वाङमा खसेकी बालिकाको मृत्यु
सेती खाेँचबाट उद्धार गरिएका युवककाे उपचारका क्रममा मृत्यु
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा