एकल बहुमत नआउने भएकाले गठबन्धन गर्न बाध्यता रह्यो: देउवा

एकल बहुमत नआउने भएकाले गठबन्धन गर्न बाध्यता रह्यो: देउवा

deuba syangja

स्याङ्जा । नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका छन् ।

स्याङ्जाको पुतलीबजारमा नेपाली काङ्ग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान अनुसार कुनैपनि पार्टीको एकल बहुमत नआउने भएकाले नै गठबन्धन गर्न बाध्यता रहेको बताएका हुन् ।

उनले संविधानमा समानुपातिक समावेशी सिद्धान्त लागू हुँदै गएकाले पनि पार्टीको एकल बहुमत आउन सक्ने अवस्था नरहेको हुँदा बहुमत पुर्‍याउन कुनै न कुनै पार्टीसङ्ग गठबन्धन गर्न बाध्य भएको उल्लेख गरे । अहिले नेकपा माओवादी केन्द्र लगायत अन्य पार्टीहरुसङ्ग नेपाली काङ्ग्रेसले गठबन्धन गरेको उनको भनाई थियो ।

सभापति देउवाले आफूले स्याङ्जामा पाइला टेक्दा नेपाली काङ्ग्रेसको इतिहासमा नै यो ठाउँ क्रान्तिकारी ठाउँ भएको स्मरण गरे । उनले स्याङ्जा जिल्लालाई थप बलियो बनाउन नेता कार्यकर्ताहरुलाई  निर्देशन पनि दिए ।

जनताले चाहेको जस्तो नभएतापनि नेपालमा बहुदलीय व्यवस्था आएपछि विकासमा देशले धेरै परिवर्तन पाएकोमा उनको दावी थियो । उनले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विकास भएको बताउँदै वैदेशिक रोजगारमा जाँदा ख्याल गर्नुपर्ने, महिला अधिकारहरुलाई बढाउँदै जानेमा जोड दिए  ।

सम्मेलनमा सभापति देउवाले सत्ता सबैलाई आवश्यक रहेको र सत्ताको लागि मारामार गरी प्रतिस्पर्धा हुने गरेकाले नेता कार्यकर्तालाई जनतामा गएर संगठन बनाएर एकतावद्ध भएर अगाडि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ