आइएसएमटी कलेजका ३१९ जना विद्यार्थी दिक्षित

दिक्षान्त समारोह

आइएसएमटी कलेजका ३१९ जना विद्यार्थी दिक्षित

Graduation-1656

बेलायतको सण्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँस्थित आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

माघ १२ गते नेपालका लागि बेलायती राजदूत रब फेनको उपस्थितिमा र युनिभर्सिटी अफ सण्डरल्याण्ड, यूकेका उच्च तहका प्रतिनिधि र अभिभावकहरूको उपस्थितिमा होटल याक एण्ड यतिमा समारोह सम्पन्न भएको हो ।

उक्त समारोहमा बीबीए (बिजेनस एण्ड म्यानेजमेन्ट), बीएचएम, बीएससी आइटी (सिइएसइ) उत्तीर्ण ३१९ जना विद्यार्थीहरू दिक्षित भएका छन् । उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरेको कलेजका बिजनेश डेभलपमेन्ट हेड बासु वस्तीले प्रेस रिलिजमार्फत् जानकारी दिए ।

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटबलमा पनि युनिभर्सिटी अफ सण्डरल्याण्डको सम्बन्धनमा कलेज सञ्चालन गरि बिबिए (बिजनेस एढड म्यानेजमेन्ट), बिएचएम, बिएससी, आइटी (सिएसइ), बिएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेनसिन्स (एबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ