काठमाण्डौ। नेपालले क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।
सुरुवाती दुई खेल जितेर सिरिज जितिसकेको नेपालले सोमबार तेस्रो खेलमा क्याडनालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिन स्विप गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा नेपालले पूरा गर्यो ।
नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे ।
साहले क्यानडासँगको अघिल्लो खेलमा १९ बलमा अर्धशतक बनाउँदै नेपाली टोलीलाई विशाल लक्ष्य पछ्याउन सघाएका उनले सोमवार ५१ बलमा अर्धशतक बनाएका थिए भने ११६ बलमा शतक बनाए ।
अर्का ओपनर कुशल भुर्तेल ४.५ ओभरमा आउट हुन पुगे। उनले १३ रन बनाएर बोल्ड हुन पुगेका थिए । अनिल साह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४५ रन बनाए ।
त्यसपछि मैदानमा आएका भीम सार्की र अनिल साहले मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाएर खेलेका थिए। भीम सार्कीले १२७ बलमा शतक बनाए ।
साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाएका थिए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाएका थिए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो