तस्बिर : क्यान
काठमाण्डौ। नेपालले क्याडनाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ ।
सुरुवाती दुई खेल जितेर सिरिज जितिसकेको नेपालले सोमबार तेस्रो खेलमा क्याडनालाई ९ विकेटले पराजित गर्दै सिरिज क्लिन स्विप गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा नेपालले पूरा गर्यो ।
नेपालको जितमा ओपनिङ ब्याटर अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरे ।
साहले क्यानडासँगको अघिल्लो खेलमा १९ बलमा अर्धशतक बनाउँदै नेपाली टोलीलाई विशाल लक्ष्य पछ्याउन सघाएका उनले सोमवार ५१ बलमा अर्धशतक बनाएका थिए भने ११६ बलमा शतक बनाए ।
अर्का ओपनर कुशल भुर्तेल ४.५ ओभरमा आउट हुन पुगे। उनले १३ रन बनाएर बोल्ड हुन पुगेका थिए । अनिल साह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ४५ रन बनाए ।
त्यसपछि मैदानमा आएका भीम सार्की र अनिल साहले मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाएर खेलेका थिए। भीम सार्कीले १२७ बलमा शतक बनाए ।
साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाएका थिए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाएका थिए ।
सम्बन्धित खबर
सरकार कामबाटै जनतामा आशा जगाउन चाहन्छ: सञ्चारमन्त्री गुरुङ
सौर्य एयरलाइन्सले भन्यो– पीडित परिवारजनलाई कम्पनीको तर्फबाट सहयोग हुन्छ
नयाँ मौद्रिक नीति सार्वजनिक, बैंकदर र निक्षेप संकलनदर घटाइयो [पूर्णपाठ]
सन्दीपविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने गौशाला २६ को निर्णय
कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन
पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग