फोहोर टिप्ने बहानामा भारतीय नागरिकद्वारा झन्डै एक करोडको सुन तथा नगद चोरी, ५ जना पक्राउ

फोहोर टिप्ने बहानामा भारतीय नागरिकद्वारा झन्डै एक करोडको सुन तथा नगद चोरी, ५ जना पक्राउ

th_pNJxVtxBHm

काठमाडौँ । फोहोर टिप्ने बहनामा काठमाडौँको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरीको टोलीले पाँच भारतीय नागरिकहरूलाई चोरिएका नगद र गरगहना सहित बुधबार काठमाण्डौको जडिबुटीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको समस्तीपुर घर भइ हाल काठमाण्डौको तिलगंगा बस्दै आएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आले मगरको घरमा चोरी भएको थियो । दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर भित्र प्रवेश गरी उनीहरूले सुनका विभिन्न गरगहना र नगद गरी ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा यही समूहले यसअघि पनि विभिन्न स्थानमा चोरी गर्ने गरेको खुलेको हो ।

उपरीक्षक रेग्मीका अनुसार उनीहरूले यसअघि माघ २४ गते काठमाडौँकै दिनेश घिमिरेको घरबाट सुन र नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । भने, माघ २८ गते गोकणेश्वरमा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि खुलेको छ ।

हाल उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds