काठमाडौँ । फोहोर टिप्ने बहनामा काठमाडौँको विभिन्न स्थानबाट करिब एक करोड रुपैयाँ बराबरको धनमाल चोरी गरेको आरोपमा प्रहरीले पाँच जना भारतीयलाई पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरीको टोलीले पाँच भारतीय नागरिकहरूलाई चोरिएका नगद र गरगहना सहित बुधबार काठमाण्डौको जडिबुटीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारतको समस्तीपुर घर भइ हाल काठमाण्डौको तिलगंगा बस्दै आएका लक्का भन्ने विकास पोदार, सोही स्थान घर भएका ४० वर्षीय सञ्जय पोदार, ५० वर्षीया मञ्जुदेवी पोदार, बेगुसरा घर भएका २८ वर्षीय जितेन्द्र पोदार र वैशाली घर भएका २७ वर्षीय भाइलाल पोदार रहेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत माघ २८ गते गोकर्णेश्वर नगरपालिका–४ मकलबारीस्थित दिलमाया आले मगरको घरमा चोरी भएको थियो । दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरको ढोका फुटाएर भित्र प्रवेश गरी उनीहरूले सुनका विभिन्न गरगहना र नगद गरी ६५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा यही समूहले यसअघि पनि विभिन्न स्थानमा चोरी गर्ने गरेको खुलेको हो ।
उपरीक्षक रेग्मीका अनुसार उनीहरूले यसअघि माघ २४ गते काठमाडौँकै दिनेश घिमिरेको घरबाट सुन र नगद गरी २५ लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । भने, माघ २८ गते गोकणेश्वरमा गीता राईको घरबाट ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको पनि खुलेको छ ।
हाल उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको कार्यालयले जनाएको छ ।


सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’