वाफ वुमन्स च्याम्पियनसिप : नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

वाफ वुमन्स च्याम्पियनसिप : नेपाल पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै उपविजेता

nepali girl football team

PIC: GOALNEPAL.COM

पोखरा । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।

साउदी अरेबियामा भएको आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएपछि नेपाल उपविजेतामै समेटियो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी गोल भयो । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौं पटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

घट्यो सुनको मूल्य
आजको मौसम पूर्वानुमान

ट्रेन्डिङ