पूर्व कानुन मन्त्री गुरुङ गल्याङ महोत्सव उद्घाटनका लागि स्याङ्जा आउने

पूर्व कानुन मन्त्री गुरुङ गल्याङ महोत्सव उद्घाटनका लागि स्याङ्जा आउने

Dhanraj Grg

तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सवको उद्घाटनका लागि पुर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ स्याङ्जा आउने भएका हुन् ।

गल्याङ उद्योग वाणिज्य संघले स्थापना दिनको अवसार पारी `गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार´ भन्ने मुल नारा सहित तल्लो गल्याङको खेलमैदानमा गर्ने महोत्सवको उद्घाटनका लागि पुर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति गुरुङ आउने तय भएको संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठ(धुर्व)ले जानकारी दिए ।

चैत्र ३० गतेदेखि सुरु गरि वैशाख ९ गतेसम्म चल्ने उक्त महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरु हुने आयोजक संघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds