माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

गुल्मी । गुल्मीमा खोलामा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका–६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ