पोखरा महानगरपालिका वडा नं. १७ स्थित फेवा पावरहाउस नजिकै फुस्रेखोला पुलमुनी एउटा दह परेको ठाउँ छ । त्यहाँ पौडी खेल्न मिल्ने भएकाले धेरै पुग्ने गर्छन् । तर, थाहा पाएर वा नपाएर त्यस ठाउँमा डुबेर दर्जनौँको ज्यान गइसकेको छ ।
फुस्रेखोलाले यस ठाउँमा निरन्तर ज्यान लिइरहँदा प्रशासन तथा महानगरले बन्देज गर्न सकिरहेको छैन । यो यस्तो ठाउँ हो, जहाँ डुबेपछि उद्धार गर्न सकिएको रेकर्ड नै छैन । तर पनि उक्त स्थानमा पौडी खेल्न रोकिएको छैन । धेरै किशोरहरुले ज्यान गुमाएका छन् ।
फुस्रेखोलामा पौडिँदा ज्यान जानेबारे बेखबर रहेकाहरु यसरी अकालमा डुबेर ज्यान गुमाउने गरेका छन् । पोखराकै पनि धेरैले ज्यान गुमाएका छन् । केहि वर्ष अघिदेखि प्रहरी र वडाले ठाउँ ठाउँमा चेतावनीयुक्त बोर्ड समेत राखेको थियो । तर, प्रभावकारी नदेखिएको यस्ता घटना निरन्तर घटिरहनुले पनि प्रमाणित गर्दछ । सरोकारवालाले ढिला नगरी बुझ्नुपर्ने कुरा के हो भने, यति मात्रको प्रयास पर्याप्त भएन ।
१६ वर्षका सुप्रिमको डुबेर मृत्यु
फेवाताल मिसिने हर्पन खोलामामा डुबेर आइतबार मालेपाटनका १५ वर्षका बालक सोनाम सुवेदीको मृत्यु भएको खबर आइरहँदा आइतबार नै फेवा पावरहाउस नेरको फुस्रे खोलामा डुबेर अर्का किशोरको ज्यान गयो ।
पोखराको जनप्रिय माविमा कक्षा १० मा अध्ययनरत पृथ्वीचोक बसपार्क क्षेत्र नागढुंगा नजिक बस्ने १६ वर्षका सुप्रिम पौडेलको डुबेर ज्यान गएको हो ।
स्कूलबाट ७ जना साथीहरू मिलेर कक्षा बङ्क नै गरेर उनीहरू फुस्रे खोला पुगेको खुलासा भएको छ । तीमध्ये सुप्रिम पौडी खेल्दा खेल्दै तालमै वेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार १५-१६ वर्षका ती किशोरहरु दिउँसोको समयमा कक्षा छाडेर खोला पुगेका हुन् । विद्यालयकै ड्रेसमा उनीहरु खोलामा पुगेका थिए ।

तस्वीरः अशिम पौडेल
बालक डुबेको सूचनापछि सशस्त्र प्रहरी बल कालिका गणबाट गोताखोर टीम र वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरीले डुबेको अवस्थामा सुप्रिमलाई मृत फेला पारेको हो । बैदाम प्रहरीले घटनाबारे सोधपुछका लागि ती साथीहरुलाई कार्यालय लगेको छ ।
गत वर्ष २०८० मा पनि वैशाख, साउन र असाेजमा ३ किशोरको पौडी खेल्ने क्रममा ज्यान गएको थियो । असाेज १३ गते पोखरा १७ बिरौटा, हनुमानटोल बस्ने १६ वर्षका क्षितिज बस्याल, साउन ६ गते पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर र बैशाख १६ गते पोखरा १५, नयाँगाउँका १५ वर्षीय बालक रोनिश गुरुङकाे डुबेर ज्यान गएकाे थियाे ।
त्यसअघिका वर्षहरूमा पनि दर्जनौँको डुबेर ज्यान गइसकेको छ ।
सम्बन्धित समाचारः
फुस्रेखोलामा पोखराका १६ वर्षीय क्षितिज मृत फेला
पोखरा पावरहाउस नजिकको फुस्रेखोलामा डुबेर १६ वर्षीय विवेकको ज्यान गयो
पाेखराकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय किशाेरको मृत्यु
पोखराको फुस्रे खोलामा डुबेर बर्दघाटका बिमलको मृत्यु
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह