नेपाल राष्ट्रिय शिक्षक संगठन, नगर कमिटी पुतलीबजार, स्याङ्जाले सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास एवं नियुक्त प्रधानाध्यापक र बढुवा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।
पुतलीबजार नगरपालिका -१ मदन आश्रित स्मृति भवनमा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटी पुतलीबजारको आयोजनामा २०८१ को क्यालेन्डर विमोचन तथा सम्मान कार्यक्रम सहित संगठन सुदृढीकरण र गुणस्तर अभिवृद्धिका लागि नगर स्तरीय अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दासले शिक्षा क्षेत्रको विकासमा यस संगठनको योगदान महत्त्वपूर्ण रहेको कुरा व्यक्त गरेकी थिइन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका इन्चार्ज यम बहादुर कुवरले गौरवमय विगत भएको उक्त संगठन नै शिक्षकहरुको हितमा समर्पित एकमात्र संस्था रहेको बताउँदै शिक्षकहरूले शैक्षिक गुणस्तर अभिवृद्धिमा तनमनले लाग्नुपर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सिमा कुमारी क्षेत्री, राष्ट्रिय परिषद सदस्य नारायण प्रसाद मरासिनी, नेकपा एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे(पारस), नगर अध्यक्ष भरत गोदार, संगठनका पूर्व सचिव बलराम दोरङ्गा, सचिव हिरा गाहा लगायतकाले मन्तव्य राखेका थिए ।

यसैगरी, कार्यक्रममा प्रधानाध्यापक पदमा नियुक्त भएका बलराम दोरङ्गा र सोम बहादुर रानालाई सम्मान गरिएको साथै शिक्षण पेशामा रहेर बढुवा भएका शिक्षक गङ्गाराम पौडेल, ईश्वरी वाग्ले, मोतीप्रसाद अधिकारी र टिकाराम ढकाललाई सम्मान गरिएको संगठनका नगर अध्यक्ष बि.पि. पोख्रेलले जानकारी दिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष बि.पि. पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष श्याम कुमार थापाले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष देवी कार्कीले संचालन गरेकी थिइन् ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?