स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिका अन्तर्गतका विद्यालयमा नि:शुल्क रक्त समूह पहिचान गराउने भएको छ ।
विद्यालय स्तरीय नि;:शुल्क रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गर्दै पालिकाभरका विद्यालयमा अध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीहरुको नि:शुल्क रक्त परिक्षण गरि रक्त समूहको पहिचान गरिने भएको हो ।
आफ्नै आन्तरिक स्रोतसाधनको व्यवस्थापन गरि अर्जुनचौपारी गाउँपालिकाले उक्त कार्यक्रम पालिकाभरका विद्यालयमा गर्ने जनाएको छ ।
आपतकालीन अवस्थामा आफ्नो रक्त समूह थाहा पाउनका साथै अरु कसैलाई रक्तदान गरि सहयोग समेत गर्न सहज हुने हुँदा पालिकाले व्यवस्थापन गर्दै शिक्षक तथा विद्यार्थीहरुलाई लक्षित गरि रक्त समूह पहिचान कार्यक्रमको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए ।
पालिका अन्तर्गतका सम्पुर्ण विद्यालयमा यस कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै कार्यक्रमको सुरुवात गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।
कार्यक्रमको पहिलो दिनमा अर्जुनचौपारी गाउँपालिका -१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका १९० जना विद्यार्थी, वडा नं. ४ स्थित जन माविका १५२ जना विद्यार्थी र वडा नं. ६ स्थित जनविकास आविमा ४२ जना विद्यार्थीको रक्त परिक्षण गरि रक्त समूह पहिचान गरिएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?