पोखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताएकी छन्।
मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै मन्त्री भट्टराईले कुनै गुनासो नआउने गरी कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताइन्।
भट्टराईले उक्त कुरा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौं साधारण सभाको उद्घाटन गर्दै बताइन्।
राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गरिन्।
हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं। सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गरिन्।
सम्बन्धित खबर
बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफुल वितरण
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
राष्ट्रिय शिक्षा दिवसमा अदितिसहित शान्ति निकेतन सम्मानित
पोउवा संघको उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित
पोउवा संघ निर्वाचन: सदस्यको मतगणना सकियो, विजयी १० जना नामावली र मतसहित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग