दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे।
पोलेको मासुले आन्द्रा, आमाशय, प्रोष्टेटको क्यान्सरको जोखिम बढी हुने डा. साहको भनाइ छ। दसैँमा मासु पोल्ने, बार्बेक्यू गर्ने र खाने प्रचलनले गर्दा क्यान्सरको जोखिम बढी भएको उनी बताउछन्। उनले भने, ‘मासुलाई उच्च तापक्रममा पोल्दा नराम्रो पदार्थ उत्पन्न हुन्छ, जसले क्यान्सर बनाउन मद्दत गर्छ।’ सबै खालका मासु तीन सय डिग्री फरेनहाइट तापक्रममा पोल्दै गर्दा दुई खालका केमिकल निस्कने उनी बताउछन्।
उनले सेतो मासु, माछा पनि पोलेर नखान सुझाव दिए। भरतपुर सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरिले चाडपर्वमा बढी खाने हुँदा पाचन प्रक्रियामा समस्या आउने, स्मरणशक्ति कम हुने, मधुमेहको समस्या बढ्ने र उच्च रक्तचापको समस्या देखिन सक्ने बताए। यससँगै तयारी खाना, तारेका खान खाँदा शरीरलाई हानी पुग्ने उहाँ बताउछन्। मासु बोसो नभएको सन्तुलित प्रयोग गर्न सुझाव दिँदै उनले भने, ‘सागपात, सलाद, बोक्रा भएको फलफूल थोरै खाने तर बारम्बार खाने गर्नुपर्छ।’
डा. अग्रहरिले भने, ‘बढी मासु प्रयोग गर्दा मुटुमा हर्मनको गडबड हुन्छ। जसले मुटुको चाल र चाप बढाउँछ।’ धेरै मासु खाएकै कारण दीर्घकालीन रोग बढाउन सक्नेतर्फ उनले सचेत गराए। मधुमेहका बिरामीलाई कोलस्टोर बढ्न सक्ने भएकाले मासु कम खान सुझाव दिए। मासुले मोटोपन, तौल बढाउने बताउँदै उनले भने, ‘एकै पटक धेरै र अस्वस्थकर खाना खानु निकै हानिकारक हो।’
‘यो बेला धेरै फाइबर, फलफूल, सागपातको मात्रा बढाउनुपर्छ,’उनले भने, ‘चाडपर्वमा थोरै खाने, सन्तुलित खाने र बारम्बार खाने गर्दा पेटलाई पचाउन सजिलो हुन्छ।’
एकै पटक धेरै मासु तयार गरेर फ्रिजमा राखेर लामो समयसम्म खानु हानिकारक भएको भन्दै उनले त्यस्तो मासु खादै नखान सुझाव दिए।
सम्बन्धित खबर
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
स्याङ्जामा १९७ क्षयरोगका बिरामी, ७ को मृत्यु
युआरएलमा अपोलोका सेवा सुरु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा
पाठेघरको क्यान्सर विरूद्धको १५ दिने एचपीभी खोप अभियानको आज छैठौं दिन
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
देशमै सबैभन्दा बढी बेरूजु हुने महानगर ‘पोखरा’
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु