बालबालिकाको क्षमता विकास गर्ने उद्देश्यका साथ स्याङ्जामा जिल्ला बाल संजालका पदाधिकारीहरुलाई दुईदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले स्याङ्जा जिल्ला बाल संजालका पदाधिकारी र सदस्यहरुलाई बाल अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा बालअधिकार र सामाजिक सञ्जालको प्रयोगबारे कार्यालयका प्रमुख जीवन पौडेल, उद्घोषण र भाषण कलाबारे रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गोदार, अध्ययन कला र परिक्षा तयारी सम्बन्धमा शिक्षक कृष्ण पौडेल तथा बालसञ्जालले गर्न सक्ने असल कामको बारेमा गण्डकी प्रदेश बाल सञ्जालका पूर्व अध्यक्ष सुदिप पौडेलले सहजिकरण गरेका थिए ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख पौडेलले तालिममा सिकेका कुराहरु आफ्नो स्थानीय तहका विद्यालयका साथीहरुमा ज्ञान बाँड्ने र बाल सञ्जाललाई ११ वटै स्थानीय तह साथै विद्यालयमा प्रभावकारी ढंगबाट विस्तार र कामहरु गर्नेमा जोड दिए ।
कार्यालय प्रमुख पौडेलले बालबालिका लागि भएका यस्ता कार्यक्रमले बालबालिकमा उत्प्रेरणा अभिवृद्धि भई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा उनिहरुको सहभागीता बृद्धि हुनुको साथै बालअधिकार र कर्तव्यबारे जानकारी लिन सजिलो हुने बताए ।
जिल्ला बाल अधिकार समिति स्याङ्जाका अध्यक्ष विज्ञान भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालबालिका सांस्कृतिक साँझ कार्यक्रम गरी बालबालिकको प्रतिभा प्रस्तुत गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ