एक करोड भन्दा धेरैको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

एक करोड भन्दा धेरैको सुन, चाँदी र नगदसहित ३ जना पक्राउ

Kailali_pic

काठमाडौँ । कैलालीमा एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ