गण्डकी प्रदेशकी नवनियुक्त सांसद सुनिता थापालाई गृह जिल्ला स्याङ्जामा स्वागत एवं सम्मान गरिएको छ ।
शनिबार स्याङ्जाको निर्माण व्यवसायको हलमा गण्डकी प्रदेशका पूर्व सांसद भागवत प्रकाश मल्लसहितको टोलीले नेपालको राष्ट्रिय झण्डा ओडाएर सांसद थापालाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस स्याङ्जाका युवा नेता तथा पूर्व सांसद मल्लले मुलुककै पहिलो सुस्त श्रवण तथा फरक क्षमता (बहिरा सम्बन्धी अपाङ्गता) भएको सांसद पाएर स्याङ्जाले इतिहास बनाएको बताए ।
पूर्व सांसद मल्लले स्याङ्जाले सुस्त श्रवण क्षमता भएको पहिलो प्रतिभाशाली युवा सांसदका रुपमा सुनिता थापालाई पाएको बताउँदै मुलुकलाई शिरमा राखेर काम गर्नका लागि सुझाव दिए ।
कार्यक्रममा बोल्दै सांसद सुनिता थापाले आफूले देशका लागि र आफूजस्ता फरक क्षमता भएका व्यक्तिहरुका लागि काम गर्न चाहेको बताइन् ।
‘म देशको लागि केही गर्न चाहन्छु । मलाई अगाडि बढ्न सबैको प्रेरणा र सुझाव चाहिएको छ । म फरक क्षमता भएका व्यक्तिहरुको हकहितका क्षेत्रमा विश्वमै नमुना काम गर्न चाहन्छु ।’ सांसद थापाले भनिन् । सांसद मल्लको प्रेरणा र सहयोगले आफूलाई सधैं काम गर्न उत्साहित बनाउने गरेको नवनियुक्त सांसद थापाले बताइन् ।
नेपाली काङ्ग्रेस राजनीतिक दलबाट समानुपातिक तर्फमा प्रदेश सभा सदस्यमा निर्वाचित विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको पदमा थापा निर्वाचित भएकी हुन् । सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन् ।
कार्यक्रममा पत्रकार महासङ्घ स्याङ्जाकी निवर्तमान उपाध्यक्ष भवानी अधिकारी, नेपाल तरुण दल स्याङ्जाकी सहसचिव करुणा पौडेल, महिला नेतृ सङ्गीता पोख्रेल, काङ्ग्रेस नेता केशवराज लम्साल, नेविसङ्घ पुतलीबजारका सभापति गोपी सुवेदी, पत्रकार महासङ्घ स्याङ्जाका नवनिर्वाचित सदस्य युवराज पौडेललगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ