प्रहरीको धर्म नै समुदायमा सेवा गर्नु हो । समुदायमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीको दायित्व हो । यसै क्रममा स्याङ्जामा प्रहरी सेवामा रहेर विद्यालयको शान्ति सुरक्षामा अमुल्य योगदान पुर्याएका युवराज तिमिल्सिना विद्यालयबाट सम्मानित भएका छन् ।
केही दिन अघि विद्यालयमा तोडफोड गरि चोरी समेत भएको घटनामा चोर पत्ता लगाई कानुनी दायरामा ल्याउन खेलेको अहम भूमिकाको कदर गर्दै प्रहरी तिमिल्सिनालाई स्याङ्जा पुतलीबजार नगरपालिका -३ स्थित काजिमान हरिटीका माध्यमिक विद्यालयले सम्मान गरेको हो ।
विद्यालयको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत् विज्ञान मेलाको अवसरमा प्रहरी तिमिल्सिनालाई विद्यालयको शान्ति सुरक्षामा कमी नभएको महसुस गराउन पुर्याएको अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. अनुप श्रेष्ठले बताए ।
प्रहरी सेवामा रहेका तिमिल्सिना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन् । स्याङ्जा जिल्लाकै शान्ति सुरक्षामा उनको अहम भूमिका रहँदै आएको छ । उनकै नेतृत्वमा एकै दिनमा एक सय ११ जना फरार रहेका प्रतिवादी पक्राउ समेत गरिएको थियो । उनकै नेतृत्वले पुर्याएको योगदानले देशमै फरार प्रतिवादी पक्राउ गर्ने उत्कृष्ट जिल्ला स्याङ्जा बनेको थियो । उनको यहि कार्यशैलीले गर्दा नै प्रहरी कार्यालयले उनलाई ‘पुलिस अफ द मन्थ’ बाट सम्मान समेत गर्ने गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ