पोखरामा निषेधित क्षेत्र हटाउन माग, पर्यटकलाई सास्ती

पोखरामा निषेधित क्षेत्र हटाउन माग, पर्यटकलाई सास्ती

72adbff3-ba39-4014-8be0-07ae70c4ef1f

राष्ट्रिय  स्वतन्त्र पार्टी रास्वपाले पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन आग्रह गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई भेटेल रास्वपाको टोलीले मंगलबार ज्ञापनपत्र बुझाएर निषेधित क्षेत्र हटाउन आग्रह गरेको हो ।

दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरूको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरूलाईसमेत ख्याल गर्दै निषेधित क्षेत्र हटाउन  रास्वपाले माग गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा कात्तिक २ गते पक्राउ गरेपछि ३ गतेदेखि शहिदचोक, जिल्ला अदालत आसपास र जिल्ला प्रहरी कार्यालय रहेको गैह्रापाटन क्षेत्रलाई  क्षेत्रलाई निषेध गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds