अर्जुनचौपारीका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्जुनचौपारीका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

arjunchaupari_bhrastachar mudda

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका केही पदाधिकारीसहित उनीविरुद्ध आज मुद्दा दायर गरिएको हो ।

मुद्दा लगाइएकाहरुमा अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृतहरू पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियरहरु नबिन थापा, सुदिप आचार्य, सव इन्जिनियर सूर्यप्रसाद पौडेल रहेका छन् ।

यस्तै, अख्तियारले सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिम कुमारी के.सी., तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी वि.क. र कोषाध्यक्ष एक नारायण देवकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा अर्जुनचौपारी गाउँपालिका -१ स्थित अर्जुनचौपारी बजार क्षेत्रमा मा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गरेको साथै आ.व. २०७६/०७७ मा पालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनामा सबै ठाउँको ढलान भत्किएकोले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उजुरी निवेदनमा अनुसन्धान हुँदा आ.व. २०७५/०७६ को योजना कार्यान्वयनका क्रममा २७ लाख पाँच हजार एघार रुपियाँ सात पैसा र आ.व. २०७६/०७७ मा आठ लाख ३४ हजार तीन सय बीस रुपियाँ ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको देखिएकोमा प्रतिवादीहरुमाथी मागदाबी गरेको छ ।

गाउँपालिकाका तत्कालीन अध्यक्षसङ्ग ३५ लाख ३९ हजार तीन सय ३१ रुपियाँ बिगो मागदाबी गरेको छ भने अरुका हकमा फरक मागदाबी रहेको छ ।

प्रतिवादीहरु र कसुर तथा सजायको मागदाबी यस प्रकारका छन् :-

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds