अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष, प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका केही पदाधिकारीसहित उनीविरुद्ध आज मुद्दा दायर गरिएको हो ।
मुद्दा लगाइएकाहरुमा अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृतहरू पुरण गुरुङ, कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियरहरु नबिन थापा, सुदिप आचार्य, सव इन्जिनियर सूर्यप्रसाद पौडेल रहेका छन् ।
यस्तै, अख्तियारले सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिम कुमारी के.सी., तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गल देवी थापा मगर, सचिव विष्णु कुमारी वि.क. र कोषाध्यक्ष एक नारायण देवकोटाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा अर्जुनचौपारी गाउँपालिका -१ स्थित अर्जुनचौपारी बजार क्षेत्रमा मा ढलान गर्ने क्रममा गुणस्तरहीन काम गरेको साथै आ.व. २०७६/०७७ मा पालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनामा सबै ठाउँको ढलान भत्किएकोले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उजुरी निवेदनमा अनुसन्धान हुँदा आ.व. २०७५/०७६ को योजना कार्यान्वयनका क्रममा २७ लाख पाँच हजार एघार रुपियाँ सात पैसा र आ.व. २०७६/०७७ मा आठ लाख ३४ हजार तीन सय बीस रुपियाँ ५८ पैसा बराबरको गुणस्तरहीन काम गरेको देखिएकोमा प्रतिवादीहरुमाथी मागदाबी गरेको छ ।
गाउँपालिकाका तत्कालीन अध्यक्षसङ्ग ३५ लाख ३९ हजार तीन सय ३१ रुपियाँ बिगो मागदाबी गरेको छ भने अरुका हकमा फरक मागदाबी रहेको छ ।
प्रतिवादीहरु र कसुर तथा सजायको मागदाबी यस प्रकारका छन् :-


सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो