पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दुध र दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी कम्पनी सुजल डेरीले उपभोक्ताका लागि गाईको शुद्ध दूधबाट उत्पादन गरिएको ‘सफल काउ घी’ पोखराको बजारमा उपलब्ध गराएको छ ।
‘सफल काउ घी’ उच्च प्रविधिको प्रयोगमार्फत् तयार पारिएको शुद्ध, दानेदार र बास्नादार घिउ भएको कम्पनीले जनाएको छ । यसले खाना परिकारलाई अझ स्वादिष्ट बनाउने विश्वास छ ।
भिटामिन ‘ए’ जस्ता पोषक तत्वयुक्त ‘सफल काउ घी’ ले दृष्टि सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र छालालाई स्वस्थ राख्न सहयोग पुर्याउने दाबी गरिएको छ ।
‘सफल काउ घी’ परिकारलाई स्वादिष्ट र पौष्टिक बनाउने मात्र नभई नेपाली परम्परागत खाना दाल–भातमा सबैभन्दा उपयुक्त हुने कम्पनीले बताएको छ । यो विभिन्न मिठाइ बनाउन, रोटी र पराठामा टपिङ्सका रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।
नेपाली धार्मिक तथा सांस्कृतिक महत्वलाई समेत समेट्ने यो घिउ हिन्दू परम्परागत पूजा तथा अनुष्ठानमा प्रयोग गरिने पञ्चामृत बनाउनका लागि उपयुक्त मानिन्छ ।
‘सफल काउ घी’ आधा लिटर प्याकमा ७५० रुपैयाँ पर्ने भए पनि विशेष लञ्च अफर अन्तर्गत २५ रुपैयाँ छुटसहित अहिले पोखरामा ७२५ रुपैयाँमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।
यो घिउ आधुनिक ‘आइएमएल टब प्याकेजिङ’मा उपलब्ध छ । पुनः प्रयोग गर्न मिल्ने प्याकेजिङ यो घिउको विशेषता हो । ‘सफल काउ घी’ आफ्नो गुणस्तर, विशिष्ट स्वाद र शुद्धताका कारण उपभोक्ताको पहिलो रोजाइ बन्ने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित समाचारः
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
चाडबाडको समयमा ‘सफल दही एकदम सही’
सफलको कुजिन लाइन सार्वजनिक
सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा
सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर
‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
पोखरा म्याराथनलाई ‘सफल दूध’को मूख्य प्रायोजनमा साथ निरन्तर
पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुल्क होम डेलिभरी गर्ने
मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक
सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला