पोखरा । लगातार हुस्सु र कुहिरो लागेपछि तराई/मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । निरन्तर हुस्सु लागेर चिसो स्याँठ चल्दा घर बाहिर निस्कन समस्या भएको छ ।
चिसो बढेपछि तराई क्षेत्रका केही विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरले आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। बाक्लो हुस्सु लागेपछि महानगरले आजदेखि पर्सिसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको महानगरका शिक्षा अधिकृत हरि राउतले बताए ।
त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गएको पुस २१ गते सार्वजनिक सूचना निकालेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिए।
यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ खुर्सानी खोलामा गाडीको आवागमन प्रभावित भएको छ । हुस्सु र कुहिरोले दृश्य कमजोर भएपछि र बाटो चिप्लो भएपछि गएराति केहीबेर दुईतर्फी नै बाटो अवरुद्ध भएको थियो । आज बिहानदेखि एकतर्फी गाडी सञ्चालनमा आएका प्रहरीले जनाएको छ ।
जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ। तर, महाशाखाले शीतलहर चलेको घोषणा भने गरिसकेको छैन ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण