पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।
रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।
मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता(कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरेको हो ।
लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
बुटवल पछि उनले चितवन र पर्सा अदालतमा पनि बयान दिनु पर्नेछ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिल समक्ष बयान दिइसकेका छन् ।
सम्बन्धित खबर
काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते
प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै
आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला
डेरामा बस्नेको हत्या आरोपमा घरबेटी पक्राउ
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनाः चालकको मृत्यु, ५ घाइते
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा