रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको छुनछेक बहस आज पनि जारी रहने भएको छ । बिहीबारदेखि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ ।
सरकारी वकिलको तर्फबाट वहस सकिएको छ भने लामिछानेको तर्फबाट केही वकिलको वहस भने बाँकी रहेकाले आईतबार पनि उनी अदालतमा उपस्थित भएपछि बहस प्रारम्भ हुनेछ ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । उक्त दिनपछि हाजिरी जमानीमा रिहा भईरहेका छन् ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासद्वारा उनलाई बिहीबार उपस्थित हुने शर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडिँदै आएको छ ।
उक्त सहकारीमा रहेका १ हजार ८३१ वचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दावी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो ।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा वयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पूर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
सम्बन्धित खबर
काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते
प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै
आमाछोरी झुन्डिएको अवस्थामा मृत फेला
डेरामा बस्नेको हत्या आरोपमा घरबेटी पक्राउ
झापाबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनाः चालकको मृत्यु, ५ घाइते
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा